धरान,  – सुनसरीको धरान उप–महानगरपालिका क्षेत्रमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई  लागूऔषधसहित नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार  धरान–३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नम्बर ३ मा लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा  धरान प्रहरीले   छापा मारेको थियो। छापा मारेर जिल्ला कैलाली, धनगढी उप–महानगरपालिका घर भई हाल धरानमा बस्दै आएका ३१ वर्षीय निखिल भन्ने वसन्त राजवंशीलाई पक्राउ गरिएको हो। सो कोठाबाट प्रहरीले स्पास्मोप्रोक्सिभन (Spasmoproxyvon) ब्रान्डको ३७० क्याप्सुल बरामद गरेको  थियाे ।  त्यसै गरि  धरान–८ स्थित सभागृह छेउ बस्ने ३८ वर्षीय मनोज विकलाइ उनकै  घर वाटऔषध सहित पक्राउ गरकेा छ ।  विकले  कोठामा लुकाइछिपाई राखिएको अवस्थामा स्पास्मोप्रोक्सिभन ८९२ क्याप्सुल, नाइट्रोसन ७० चक्की र ESCUF ब्रान्डको ४० बोतल फेला पारेको प्रहरीले जानकारी दिएको छ। यसै गरि प्रहरिले  धरान उप–महानगरपालिका वडा नम्बर १३ स्थित अमरहाट कृषि बजार क्षेत्रबाट एक जनालाई लागू औषधसहित पक्राउ   गरेकाे छ ।

 अमरहाट कृषि बजारमा बसोबास गर्दै आएका ३० वर्षीय मिलन लिम्बुको घरमा लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।  प्रहरीले  घरमा खानतलासी गर्दा लिम्बुको कोठाबाट विभिन्न प्रकारका लागुऔषधहरू फेला पारेको जनाएको छ। 

तिनै जनालाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। प्रहरीका अनुसार दुवैविरुद्ध लागूपदार्थसम्बन्धी ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।