धरान ः धरान १६ स्थित फोकस १६ क्लवले धरानका राष्ट्रिय खेलाडी लकेन लिम्बुुलाई सम्मान गरेको छ । क्लवले धरान–१६ ज्ञान विज्ञान चोक स्थित सावाली किचनमा एक कार्यक्रमको आयोजना गरी लिम्वुलाई सम्मान गरेको हो । युवा खेलाडीलाई प्रोत्साहन गर्न उद्येश्यले राष्ट्रिय फुटबल खेलाडी लिम्बूलाई सम्मान गरीएको क्लवका अध्यक्ष दिलिप भुजेलले वताए ।

उनले भने–लिम्बु धरान १६ को स्थानिय हुन्, खेल क्षेत्रमा छोटो समयमा धेरै ठूलो उपलव्धि हासिल गर्न सफल भएकोले हामीले थप प्रोत्साहन गर्नको लागी सम्मान गरेका हौ । सिंगापुरबाट फुटवल क्षेत्रमा प्रवेश गरेका लिम्वुले नेपाल आएपछि धरानबाट पुन आफ्नो फुटवलको यात्रालाई निरन्तरता दिएका थिए । धरानमा उनले वडास्तरीय प्रतियोगिता देखि विभिन्न मोफसलका गोल्डकप, ए डिभिजन क्लवहरु हुदै भारतको दिल्ली फुटवलबाट समेत आफ्नो खेल कौशलता प्रर्दशन गरीसकेका छन् । लिम्बुले शनिबार सम्पन्न नेपाल सुपर लिगमा झापा फुटवल क्लवकातर्फबाट कप्तानको भूमिका निर्वाह गरेका थिए । हाल उनी राष्ट्रिय टिमका लागी मिड फिल्डरको पोजिसनमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका छन् । लकेनका बुबा श्याम लिम्वु सिंगापुर प्रहरीका सेवा निवृत्त प्रहरी निरीक्षक हुन । बुबा कार्यरत हँुदा उनी पनि सिंगापुरमा नै रहेका थिए । सिंगापुरमै रहदा उनले फुटबल यात्रा सुरु गरेका थिए ।


