धरान । सुनसरीको कोशी गाँउपालिका वाट ब्राउन सुगर र गाजा सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ   ।  पक्राउ पर्नेमा भोजपुर अरुण गाउंपालिका वडा ५का   तेजेन्द्र कार्र्की रहेका छ्न् ।  कोशी गाउपालिका १ स्थित भन्सार कार्यलयवाट नेपाल तर्फ आउदै गरेका कार्कीको साथ वाट प्रहरी २ ग्राम ९दुई ग्राम ब्राउन सुगर फेला पारेको  सुनसरी प्रहरीले जनाएको छ । लागु औषध नियन्त्रण ब्युरो कोशी र  इलाका प्रहरी कार्यलय लौकही प्रहरी टोलीले कार्कीलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले पार्किङमा राखिएको गाडीमा गाजा फेला परेको हो । उनले चलाउदै गरेको   प्रदेश १(०२(००२ च ५३४८ नम्बरका  गाडीमा  ११ वटा बोरामा प्याक गरेको अवस्थामा लागू औषध गाँजा   ३२३.२१ किलोग्राम गाजा वरामत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार  पक्राउ परेका  कार्की र गाडी कार्कीलाई   जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ  ।