धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सञ्जिवकुमार शर्माले पाएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री स्तरिय गत बिहिबारको निर्णय अनुसार शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो । डाक्टर शर्मालाई शुक्रबारै स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेल निमित्त उपकुलपतिको जिम्मेवारी पाएको पत्र पठाएका थिए । मन्त्रालयले शुक्रबारै पत्र पाएपनि डाक्टर शर्माले भने आइबार देखी निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए । शिक्षाध्यक्ष प्रा.डा. शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिक कार्य समेत गर्ने गरि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।उनलाई नया उपकुलपति सिफारिश भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानको प्रवक्ता प्राध्यापक डाक्टर अन्जु प्रधानले जानकारी दिएकी छन् । प्रतिष्ठानको उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीको कार्यकाल गत चैत्र २६ गते सकिएपछि शिक्षाध्यक्ष प्रा.डा. शर्मालाई उक्त जिम्मेवारी तोकिएको हो । शिक्षाध्यक्ष शर्माले यस भन्दा पहिले पनि निमित्त उपकुलपतिको जिम्मेवारी सफलतापूर्वक सम्हाली सकेका छन् ।


