धरान । लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका स्थित भन्सार कार्यलय अगाडी वाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका राजेश लामा र समिर क्षेत्री तथा मोरङको केराबारी गाउँपालिकाका तेज बहादुर तामाङ र फुलमाया लिम्बु रहेका छन् । प्रहरी लामा र क्षेत्रीको साथ वाट १.४७ र तामाङ र लिम्बुको साथ वाट १.८५ ग्राम ब्राउन सुगर तथा नाईट्राजापाम ट्याबले १० पिस वरामत भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । साथै तामाङ र लिम्बुले प्रयोग गरेको प्र १.०२.०५७ प २८४९ को मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ गरेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


