धरान । मोरङ र सुनसरीबाट  लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सुनसरी धरान र माेरङका  विभिन्न स्थानवाट प्रहरीले भारीमात्रामा लागुऔषध  सहित १२ जनालाइ पक्राउ गरेकाे हाे ।  धरान स्थित वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले   सुनसरीको धरान उप-महानगरपालिका-९मा बस्दै आएका ३० बर्षीय विजय साह, सहित ४ जना  नियन्त्रणामा लिएकाे छ ।  उनिहरूकाे साथवाट   

SPASMO PROXYVON -८० ट्याब्लेट, ट्रामाडोल १ हजार ४ सय ४० क्याप्सुल, NITRAZEPAM ७५ ट्याब्लेटर ESKUF ७ बोतल फेला परेकाे धरान प्रहरीले जनाएकाे छ ।    अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले धरान-११ बाट २२ बर्षीय संजिव सुनुवार र १९ बर्षीय सविन परियारलाई TRAMOL-50  लेखिएको ४ सय ६० क्याप्सुल,  स्पास्पेन ४ सय ६९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध ब्राउनसुगर २ ग्राम ८९ मिलिग्राम सहित धरान-५ का २६ बर्षीय दिवेश रम्तेल, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २६ बर्षीय रहिस मन्सुरी र सुनसरीको ईटहरी उप-महानगरपालिका-५ का ३२ बर्षीय सनम शेर्पालाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेका हुन् ।  सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१५ का एक बालकलाई  COLIBAN ८ सय ५,  क्याप्सुल र TRAMADOL ८ सय ५ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।   इलाका प्रहरी कार्यालय उर्लावारीकाे टाेलीले  उर्लावारी नगरपालिका-५ स्थितबाट १९ बर्षीय सुजन शिवालाई ट्रामाडोल १ सय ६०ट्याब्लेट, स्पाष्मिड १ सय ६० क्याप्सुल सहित नियन्त्रणमा लिए काे  तथा   पथरी शनिश्चरे नगरपालिका-२ का २९ बर्षीय सुमन गुरुङलाई ट्रामाडोल १ हजार १६ ट्याब्लेट र  स्पाष्मिड ९ सय ८० क्याप्सुल सहित पक्राउ गरेको  काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ