धरान ।  ब्राह्मण समाज नेपाल सुनसरीको  अध्यक्षमा बासुदेव बराल  चयन भएका  छन् ।समाजको शुक्रबार भएको विशेष अधिवेशनबाट बराल सर्वसम्मत रूपमा अध्यक्षमा चयन  भएका हुन् ।       इटहरीको रिजाल्स भिजन पार्टी प्यालेसमा  भएको  विशेष अधिवेशनबाट वराल अध्यक्ष चयन भए सगै समाजको जिल्ला कार्यसमितीले पुर्णता पाएको छ । समाजका सुनसरी अध्यक्ष   कमल काफ्ले जिम्मेवारी मुक्त भएपछि  रिक्त रहेको अध्यक्ष पदको पदपूर्तिका लागी विशेष अधिवेशन आयोजना गरिएको थियो । समितिको कार्यकाल ४ वर्षको हुने  तथा   २५ सदस्यीय जिल्ला कार्यसमिति रहेको  सचिव कमल प्रसाद दाहालले जानकारी दिए । अध्यक्ष वाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुभने गत वर्ष अधिवेशन वाट निर्वाचितहरुले निरन्तरता पाएको छ  ।     समितिको उपाध्यक्षमा सिताराम आचार्य, सचिवमा कमल प्रसाद दाहाल, सहसचिवमा मैयाँ तिम्सिना आचार्य, कोषाध्यक्षमा नारायण भट्टराई, प्रवक्तामा घनश्याम बराल, वरिष्ठ सदस्यमा दुर्गा प्रसाद पोखरेल रहेका छन् । अध्यक्षमा निर्वाचित भएका बराललाई निर्वाचन समितिका संयोजक दुर्गा पोख्रेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।    कार्यवाहक अध्यक्ष सिताराम आचार्यको अध्यक्षतामा सम्पन्न विशेष अधिवेशनको प्रमुख अतिथिको रूपमा ब्राह्मण समाज नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष वासुदेव भट्टराई, विशिष्ट अतिथि केन्द्रीय सचिव सेवन्तराज बराल, प्रदेश समितिका अध्यक्ष केशव अधिकारी, केन्द्रीय सदस्य तथा धरान उपमहानगर सभापति उद्धव प्रसाद अधिकारी, जिल्ला नगर, वडा समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।