धरान:एस अफ स्पेड्स इन्टरटेनमेन्टकाे (Ace of Spades Entertainment)आयाेजनामा हङकङमा मा सांस्कृतिक तथा सांगितिक कार्यक्रम हुने भएकाे छ ।
नेपाल फेष्ट हङकङ २०२५ नाम दिएकाे उक्त कार्यक्रम आगामी ३ र ४ मे, २०२५ मा हुने आयाेजकले जनाएकाे छ ।IMG-20250320-WA0056
३ मेको दिन नेपालका ख्यातीप्राप्त कलाकार तथा ब्याण्डहरु १९७४ एडी, रचना दाहाल र Trio no Treble का साथै हङकङबासी नेपालीको लोकल ब्याण्डको पनि प्रस्तुती रहनेछ ।
IMG-20250209-WA0012IMG-20250209-WA0013
कार्यक्रम मा  चर्चित ब्याण्ड सविन राई एण्ड द फारोह, अल्बाटोस, स्वर, तृष्णा गुरुङ एण्ड द कोल्याबको पनि प्रस्तुती रहने तथा  उद्घोषण पुर्वमिस नेपाल माल्भिाका सुब्बाले गर्नु धरान हङकङ मञ्चका सदस्य  रविन तामाङ ले जानकारी दिए ।  
"नेपालको कला, सँस्कृतिलाई अर्न्तराष्ट्रियस्तरमा प्रर्वद्धन गर्ने उद्देश्यले हङकङमा सन् २०२१  एस अफ स्पेड्स इन्टरटेनमेन्टकाे  हामिले स्थापना गरेक हाै" प्रबन्ध निर्देशक टीका राम सुब्बाले भने "-यो संस्थाले विगतदेखि नै ले  विभिन्न कार्यक्रमहरु आयोजना गरेर नेपाली चलचित्र, गीत संगीतलाई हङकङमा प्रर्वद्धन गर्दै आइरहेको छ ।"
कार्यक्रमा  हङकङमा बसोबास गर्दै आएका सबै  नेपालहरुलाई एकतावद्ध गराउदै एकै ठाउँमा उभ्याएर नेपालीपनको भावना जागृत गराउने, साथै भाईचारा, भातृत्वको सम्बन्धलाई अझ प्रगाढ गराउने   इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक टिकाराम सुब्बा(भाेटुले) जानकारि दिए ।    कार्यक्रमको प्रमुख अतिथिकोरुपमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) हुने धरान हङकङ मञ्चले धराजमा पत्रकार सम्मेलन गरि जानकारि दिएकाे छ ।   दुई दिन आयोजना हुने कार्यक्रममा नेपालीत्व झल्कने विभिन्न मौलिक साँस्कृति झाँकीहरु प्रस्तुती एवं प्रर्दशन हुने तथा  जातीय मौलिक खानाको परिकारहरुको स्टल हुने धरान हङकङ मञ्चका सचिव रमेश चाम्लिङ राईले वताए ।  उनका अनुसार कार्यक्रममा नेपाली कलाशैली झल्कने हस्तकलाका सामग्रीहरुको पनि स्टल रहनेछ ।  साे अवशरमा धरानकाे विकास निर्माण काे बिषय समेत धरानका मेयर हर्क साङपाङ सग हङकङमा रहेका नेपालिहरू बिच अन्तरक्रिया समेत हुने आयाेजकले जनाएकाे छ ।