धरान । काेशी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा स्थापित यु एन नवोदय कलेजले बि एच एम अध्ययनरत विद्यार्थीहरूलाई निशुल्क ल्यापटप बितरण गरेको छ।
यु एन नवाेदयमा  +2 अध्ययन गरेका  र हाल बि एच एम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क डेल ब्रान्डका ल्यापटप  कलेजले बितरण गरेको हाे ।यु एन नवोदय मा +2 पास गरेर बि एच एम पढ्ने सबै विद्यार्थीहरुले अब देखि निशुल्क ब्रान्डेड ल्यापटप प्राप्त गर्ने क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो ले बताउनु भयो। Messenger_creation_9ED9DD8D-312E-432B-A85A-2BD926E44FFA
       विद्यार्थीहरु लाई क्याम्पस का निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो , होटेल व्यस्थापन कोर्डिनेटर गगन श्रेश्ठ र पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोश काफ्ले ज्युको हातबाट ल्यापटप हस्तान्तरण गरिएको थियो।
    Messenger_creation_F76549BA-7F5C-4780-ACE1-967753EF32AD    कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तुम्बापोले अबको समय सुचना र प्रविधि, च्याट जि पि टि, ए आई र डिप सिकको समय भएकोले विद्यार्थीहरुलाई अध्ययन साथै अनुसन्धानमा सहयोग पुगोस भन्ने उदेश्यले निशुल्क ल्यापटप वितरण गरिएको जानकारी दिनु भयो। कार्यक्रममा स्वागत मन्तव्य गगन श्रेस्ठ र कार्यक्रम को अध्यक्षता ज्ञानेश्वर झा ले गर्नु भएको थियो।
Messenger_creation_40CDBDCE-D21F-475B-B382-9507E1A8170E