धरान ।  २५ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधीमा ह्याट्रिक गरेको छ ।  शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधीमा ह्याटिक गरेको हो । एनआरटीले १० औं संस्करण र २४ औं संस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधी जितेको थियो । 

उपाधीसँगै एनआरटीले नगद १० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता भएको चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार जितेको छ । प्रतिष्पर्धात्मक खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको २४ औं मिनेटमा रोहन कार्कीको फ्रिकिकलाई कप्तान अनन्त तामांगले हेड गोल गरेका थिए । गोल खाएको तीन मिनेट नबित्दै एनआरटीले बराबरी ग¥यो । खेलको २७ औं मिनेटमा एनआरटीका रोबर्टले प्रहार गरेको कर्नरमा चर्च ब्वाइजका गोल किपर क्रिसल मोक्तानले पञ्च गर्न नसक्दा डिबक्स भित्र रुमल्लिएको बललाई हेनरी पोकोले जाली चुमाएका थिए । उनै हेनरीले नै एनआरटीकालागी दोस्रो गोल गरे । खेलको ५८ औं मिनेटमा चर्च ब्वाइजका डिफेन्स डिका सेर्गेबाट बल खोस्दै उनले उत्कृष्ट गोल गरेका थिए । खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।  एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधी तेस्रो पटक उपाधी जित्दा चर्च ब्वाइज भने पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको थियो । बुढासुब्बा गोल्डकपको उपाधी विजेता टिमको सूचीमा आफ्नो नाम लेखाउने सपना चर्च ब्वाइजे पुरा गर्न सकेन ।

यो सिजनमा एनआरटी र चर्च ब्वाइज पाच वटा प्रतियोगितामा आमने सामने हुदा तीन वटा प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधीकालागी खेलेका छन् । बुढासुब्बा गोल्डकप र इलाम गोल्डकपको उपाधी भिडन्तमा एनआरटीले चर्च ब्वाइज पराजित ग¥यो भने चर्च ब्वाइजले झापा कपको उपाधि भिडन्तमा एनआरटीलाई पराजित गरेको थियो ।  आहारारा गोल्डकपमा भने  चर्च ब्वाइजले  सडेन डेथमा बाजी वारेमो थियो । 

व्यक्तिगत विधातर्फ पनि एनआरटीले बर्चस्व   

wa

व्यक्तिगत विधातर्फ पनि एनआरटीले बर्चस्व कायम गरेको छ । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए । उनलाई नगद एकलाख पुरस्कार प्रदान गरिएको थियो । हाइ स्कोर चर्चब्वाइजका खेलाडीद्वय समिर तामाङ र अर्माण्ड भिदोंग घोषित भए । उनीहरुले समान ३ गोल गरेका थिए । उनीहरुलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै गरी प्रतियोगिताको बेष्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेष्ट फरवार्ड चर्च ब्वाइजका समिर तामाङ, बेष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मिड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरुलाई जनही नगद २५  हजार पुरस्कार प्रदान गरिएको थियो । 

पहिलो संस्करणका खेलाडीहरु सम्मानीत

प्रतियोगिताको २५ औं संस्करण पुरा भएको अवसरमा आयोजक धरान फुटबल क्लबबाट पहिलो संस्करण खेलेका खेलाडीहरुलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै पहिलो संस्करणबाट निरन्तर गोल्डकपको समाचार लेखेको भन्दै बरिष्ठ पत्रकार हर्ष सुब्बालाई नगद  ११ हजार सहित सम्मान गरिएको थियो । बुढासुब्बा गोल्डपका संस्थापक २०५५ सालदेखि २०८० सालसम्म धरान फुटबल क्लबको अध्यक्ष रहेका किशोर राईलाई समेत नगद ५१ हजार सहित सम्मान गरेको थियो । त्यस्तै गोल्डकपको उत्कृष्ट समाचारलेख्ने पत्रकार निशा राईलाई १० हजार सहित सम्मान गरिएको थियो । 

फुटबललाई प्रदेश सरकारको सहयोग हुन्छः मुख्यमन्त्री कार्की

कार्यक्रमका प्रमुख अतिथि अतिथी हिक्मतकुमार कार्कीले मोफसलमा उदाहरणको रुपमा रहेको बुढासुब्बा गोल्डक फुटबल प्रतियोगिताको २५ औं संस्करणसम्म आइपुग्नु प्रदेशकै गौरबको विषय भएको बताए । उनले बुढासुब्बा गोल्डकपलाई प्रदेश सरकारले सकेको सहयोग गर्ने तथा आर्थिक सहयोग समेत गरिने बताएका छन् ।