धरान – १५ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटलब फाल्गुन ३ गतेदेखी हुने भएको छ । इटहरीको सवैभन्दा पुरानो राष्ट्रिय जागृति क्लवको आयोजनामा हुने गोल्डकप एकसातासम्म चल्ने शनिबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ । इटहरी रंगशालामा हुने प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिने छ । बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यानअफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन । सर्वाधिक गोलकर्तालाई २५ हजार प्रदान गरिनेछ । इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा साबिक बिजेता चर्ज ब्वाईज युनाइटेड, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी, झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाईटेड खर्साङ फुटबल क्लब युकेएफसी भारत, दुई पटकको च्याम्पियन सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब गरी ८ टिमको सहभागीता रहने छ ।
क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ८१ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिका तथा वडा कार्यलयबाट १७ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । गत संस्करणमा खेलकुद बिकास बोर्ड कोशी प्रदेशले १५ लाख र राष्टिय खेलकुद परिषदले १० लाख रुपैयाँ नआएपछी १ लाख ३२ हजार रुपैया घाटा लागेको प्रतियोगिता संयोजक थापाले बताए ।

पत्रकार सम्मेलनमा आयोजकले खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घघाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी) बीच प्रतिस्पर्धा हुनेछ । फागुन ४ गते सगरमाथा युथ क्लब मोरङ र न्यूरोड टिम काठमाडौँ (एनआरटी) बीच खेल हुनेछ । फागुन ५ गते मछिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११ बीच प्रतिस्पर्धा हुने तालिका छ । अन्तिम क्वाटरफाइनलमा फागुन ६ गते चर्च ब्वाइज युनाइटेड ललितपुर र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने खेल संयोजक थापाले जानकारी दिए ।


