धरान । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा जिल्ला अस्पताल उदयपुरलाइ फर्निचर बितरण गरिएको छ । कर्मचारी युनियन उदयपुर शाखाले आज स्थापना दिवस मनाउने क्रममा सामाजिक कार्यक्रम गरि अस्पलमा बिरामी कुरुवाका लागि आबस्यक १० थान टुल बितरण गरेको हो । युनियनले आयोजना गरेको स्थापना दिवसको कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले जिल्ला अस्पतालका।मेसु ज्ञानेन्द्र झालाइ टुल हस्तान्तरण गरेका थिए । उनले देशको प्रशासन संचालनमा कर्मचारी युनियनमा अबद्द कर्मचारीको उल्लेखनीय भुमिका रहेको बताए । उनले स्थापना दिवसमा अस्पताल जस्तो संबेदनसिल सस्थालाइ बिरामी र कुरुवालाइ आबस्यक फर्निचरका सामाग्री प्रदान गर्ने युनियन उदयपुरलाइ धन्यबाद दिए । कर्मचारी युनियन उदयपुरकी अध्यक्ष भगवती खतिवडाले युनिस्थापना दिवसको अबसरमा बिरामीको उपचारमा सहज पुर्याउने उदेश्यले फर्निचर बितरण गरिएको बताइन । जिल्ला अस्पताल उदयपुरलाइ फर्निचर हस्तान्तरण प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे ,कोशि प्रदेश युनियन अध्यक्ष मान व. बन , त्रिनपा कार्यलय प्रमुख विष्णु भक्त सिग्देल र उदयपुरका अन्य कार्यालयका प्रमुख तथा युनियनकर्मी हरूकाे उपस्थिति रहेको थियो ।