धरान :नेपाल भारत मैत्री सङ्घ सुनसरीले धरानमा रक्तदान कार्यक्रम गरेको छ । मित्रराष्ट्र भारतको ७८औ स्वतन्त्रता दिवसमा शुभकामना सन्देश दिन संघले रक्तदान कार्यक्रम गरेको हो । संघले भानु चौकमा गरको रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत सङ्कलन भएको आयोजकले जनाएको छ । भारत स्वतन्त्र भएको दिन अर्थात अगस्त १५ गते भारतले स्वतन्त्रता दिवस मनाउँदै छ । स्वतन्त्रता दिवसको शुभकामना सन्देश स्वरूप नेपाल भारत मैत्री संघले रक्तदान कार्यक्रम गरेको संघका अध्यक्ष सरोज श्रेष्ठले वताए । भानुचोकमा भएको कार्यक्रमको प्रमुख अतिथि धरान स्थित भारतीय पेन्सन पेइङ अफिसका प्रमुख मेजर भरत कनोजिया रहेको थिए । उनले भारत र नेपालको सम्बन्ध जनताको तहमा प्रगाढ रहेको बताउदै भारत नेपालको सम्बन्धको बारेमा प्रस्ट्याएका थिए । संघका उपाध्यक्ष कृष्ण अग्रवालले स्वागत गरेको कार्यक्रमा पेन्सन पेइङ अफिसका मेजर डाक्टर स्वामी स्वर्ण , नेपाल रेडक्रस सोसाइटीका सभापति उमेश थापा , सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । प्रकट गरे । कार्यक्रममा सङ्घ संस्थाका प्रतिनिधीहरुको उपस्थिति भएको थियो । कार्यक्रम सङ्घका सुनसरी अध्यक्ष सरोज श्रेष्ठको अध्यक्षतामा भएको थियो।


