नेपाल सरकार मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूेपश्चिमका केहि जिल्लाहरुलाई उच्च जोखिममा राखेको छ। मंगलबार र बुधबार अत्याधिक वर्षा हुन सक्ने पुर्वानुमान सहित कोशी प्रदेशको ताप्लेजुङ, पाचँथर, संखुवासभा र तेह्रथुम, बागमती प्रदेशको रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा त्यस्तै गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पुर्व, लमजुङ, गोर्खा, लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाकेँ, बर्दिया, प्युठान, अर्घाँखाची र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडीमा भारी वर्षा हुने मौसम पुर्वानुमान रहेको छ। 

भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क अपनाउन समेत मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ। हाल ललितपुर स्थित गोदवरीमा अत्याधिक वर्षा मापन गरिएको छ। गोदावरीमा २९.८ मिलिमिटर वर्षा मापन गरिएको छ।