साउन २१, काठमाण्डौं / बङ्गलादेशमा सरकारविरुद्द भइरहेको प्रदर्शन थप उग्र बन्दै गएको छ। केहि हप्ता यता चर्किएको सरकार विरुद्दको प्रदर्शनमा परि आइतबारमात्रै ९० जनाको ज्यान गुमेको थियो। सरकार विरुद्दको प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिइ सुरक्षित स्थान सरेकी हुन्। अन्तराष्ट्रिय सञ्चार माध्यमको अनुसार उनि भारतको त्रिपुरा राज्यमा आफ्नो बहिनीसगँ सुरक्षति रहेकि छिन्। प्रधानमन्त्री निवासमा हजारौँ प्रदर्शनकारी छिरी तोडफोड गर्नुको साथै प्रधानमन्त्री निवासमा लुटपाट समेत भएकोअन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनले २००८ को निर्वाचनपछि हालसम्म प्रधानमन्त्रीको रुपमा बङ्गलादेशमा शासन गर्दै आएकी थिइन्।


