धरान :सशस्त्र प्रहरीले सुनसरीको इनरुवा वाट प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका ७ का हरेराम चौधरी रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेडक्वार्टर को टोलीले चौधरीलाई इनरुवा ४ हनुमान चौक स्थित पूर्व पश्चिम लोक मार्ग मा नियन्त्रणमा लिएको हो । सहायक निरीक्षक काशीराम चौधरीको कमान्डको टोलीले चौधरीको साथ वाट प्रतिबन्धित लागू औषध नाईट्रोजेपाम ट्याब्लेट (नाईट्रोभेट–१० एम.जी.) ११ पत्ता (१सय६०पिस) फेला पारेको थियो । पक्राउ परेका चोैधरीलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी वरामत लागुु औषध सहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक समयनन्द बर्जचार्यले जानकारी दिए ।


