धरान : भारतीय भू पू सैनिकहरूको सुविधालाई मध्ये नजर गर्दै भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय धरानले कोसी प्रदेशका विभिन्न जिल्लाहरूमा मौसमी शिविर सञ्चालन गरिरहेको छ । कार्यालयले कोसी प्रदेशका २१ स्थानमा क्याम्प सञ्चालन गरिरहेको रहेको छ । पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, भोजपुर, दिक्तेल, ओखलढुङ्गा, सोलुखुम्बुमा शिविर सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ । तराईका जिल्लाहरूमा झापाका तीन स्थानहरू मोरङका तीन स्थान, उदयपुरका दुई स्थान र सुनसरीका दुई स्थानहरूमा शिविरहरू सञ्चालनमा छन् । मोसमी शिविर अन्तर्गत उदयपुरको कटारी स्थित भू पू सैनिक भवनमा गत १३ गते, बेलटार भू पू सैनिक भवनमा १४ गते तथा सुनसरी जिल्लाको झुम्कामा कल्पवृक्ष पार्टी प्यालेस परिसरमा १५ गते शिविर सम्पन्न भएको छ । भारतीय भू पू सैनिक तथा तिनका आश्रितहरूलाई धन्यवाद दिँदै पी पी ओ धरानका प्रभारी अधिकारी मेजर भरत कनोजियाले भूपूहरूको सेवा सुविधा प्रति भारतीय राजदूतावास, पी पी ओ धरान सदैव तत्पर रहेको बताए । उनले भू पू हरुको सुस्वास्थ्यको कामना गर्दै गुनासो, समस्या र त्यसको समाधानको लागि आफू लागि परिरहेको दाबी गरे । सम्पूर्ण भू पू तथा तिनका आश्रित परिवार, असक्त, वृद्ध–वृद्धा भू पू हरुको असहजतालाई सहज तुल्याउन साथै भू पू हरुको दुख कष्टको समाधान गर्नु पी पी ओ धरानको मुख्य उद्देश्य रहेको उनको भनाई थियो । उनका उनुशार शिविरमा जीवित प्रमाणीकरण, मृतको मुद्दामा सहजीकरण र समाधान, रहल–पहल, नया पेन्सन, पारिवारिक पेन्सन सुचारु, विभिन्न दस्ताबेजको कार्यहरू, भू पू हरुको कल्याणकारी उपलब्धिका योजनाहरू, फयुनरल ग्रान्ट, म्यारिज ग्रान्ट, मेडल वितरण, पर्चमेण्ट सर्टिफिकेट वितरण ई सि एच एसको सदस्यता र सो को कार्ड वितरण, आदि कार्यहरू हुँदै आएको छ । शिविर मा उदयपुर सँगै छिमेकी जिल्लाहरू खोटाङ ,ओखलढुङ्गा, सिराहा ,सर्लाही, सप्तरी, रामेछाप, सिन्धुलीका भारतीय भू पू सैनिकहरू तथा तिनका आश्रितहरूले प्रत्यक्ष लाभ लिएका थिए । अस्थायी शिविर सञ्चालन भएकोमा विभिन्न जिल्लाका भू पू हरू, तिनका आश्रितहरू साथै समितिका अध्यक्षहरू अत्यन्तै हर्षित थिए । पेन्सन वितरण कार्यालयको स्थापना इस्वी सम्बत १९५८ सालमा धनकुटामा पूर्वी नेपालमा बसोबास गर्ने भारत सरकारका पेन्सनहरूको आकाङ्क्षा र आवश्यकतालाई पूर्ति गर्न मौसमी पेन्सन भुक्तानीको रूपमा सुरु गरिएको थियो । सन १९६८ मा स्थायी पेन्सन वितरण कार्यालयको रूपमा धनकुटाबाट धरान सारिएको थियो । सन १९९७ देखि यस कार्यालयमा सुविधा सम्पन्न उपकरणसहित नया भवनमा रहेको छ ।


