धरान: नेपालकालागी यामाहाको आधिकारीक विक्रेता एमएडब्लु राइड्स प्रा.लि.(MAW Rides Pvt. Ltd.) ले धरानमा ब्लु स्क्वायर शोरुम - BLUE SQUARE_ सञ्चालन गर्ने भएको छ । प्रालिले उपत्यका वाहिर पहिलो पटक धरानमा ब्लु स्क्वायर शोरुम - BLUE SQUARE_ सञ्चालन गर्न लागेको हो । बिजयपुर ट्रेडर्सले धरानमा सञ्चालन गर्दै आएको सो रुपमा अन्तराष्ट्रिय मापदण्डको ब्लु स्क्वायर शोरुम - BLUE SQUARE_ बिहिबार देखी सञ्चालनमा आउने ट्रेडर्सका सञ्चालक प्रभाव खतिवोडाले जानकारी दिए । सोरुमको उद्घाटन धरान उपमहानगर पालिकाकाले उपमेयर अइन्द्रबिक्रम वेघाले गर्ने उनले जानकारी दिए । एमएडब्लु राइड्स प्रा.लि.का विजनेस डिभलपमेन्ट प्रमुख हरि दाहालले एउटै छातामुनि गुणस्तरीय सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा सहित सञ्चालनमा आएको सोरुमलाई ब्लु स्क्वायर भनिएको वताए । उनले -विश्वमै मोटरसाइकल रेसिङमा यामाहा मोटरसाइकलहरु सेस्लरहरुको रोजाई पर्ने गरेको वताए । अन्य मुलुकमा झै नेपालमा पनि रेसिङमा यामाहा मोटरसाइकलहरु सबैको रोजाइमा पर्ने गरेको उनको भनाई । उनले भने -यही कुुरालाई मध्यनजर गरि कम्पनिले अन्तराष्ट्रिय मापदण्डको ब्लु स्क्वायर शोरुम नेपालमा पनि सञ्चालनमा ल्याएको हो ।" उनले उपत्यका वाहिर धरान पहिलो भए पनि धरानको सोरुम चौथौ रहेको जानकारी दिए । साथै पुर्वका अन्य शहरहरुको पनि ब्लु स्क्वायर शोरुम - BLUE SQUARE_ सञ्चालनको तयारी भइरहेको वताए । बिजयपुर ट्रेडर्सले सञ्चालनमा आएको १ बर्षमै करिव ४०० वटा यामाहा मोटर साईकल र स्कुटी विक्री भएको ट्रेडर्सका सञ्चालक खतिवोडाले जानकारी दिए । उनले ब्लु स्क्वायर शोरुम - BLUE SQUARE_ सञ्चालनमा आए पछि मोटरसाइकल तथा स्कुटी बिक्रीमा वृद्धि हुने दावि गरे ।


