भारतिय पेन्सन अफिसका सुरक्षाकर्मी तथा  नेपाल आर्मि र दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासीको सक्रियतामा एक घण्टामा निन्त्रणमा 

धरान : धरान १२ स्थित मल्ल रेडियो सर्विस अगाडिको एक घरमा आगलागी  भएको छ  । सुरेश हलवाईको  घरको भुँइतलामा रहेको इलेक्ट्रोनिक्स सामान मर्मत गर्ने पसल वाट आगलागी  सुरु भएको थियो । आगलागी वाट मणिकुमार परियारको  पसलमा रहेको पुर्णरुपमा क्षति पुग्नुका साथै  घर पुरै आगोले क्षति पुगेको छ । घरको सबैभन्दा माथिल्लो तलासम्म पनि आगो सल्किएको थियो । भारतिय पेन्सन पेयिङ अफिस धरानका सुरक्षा इन्चार्ज सि.बि राईको नेतृत्वोको पेन्सन अफिसका सुरक्षाकर्मी तथा  नेपाल आर्मि र   दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी लगायतको प्रयासमा एक घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । पसलमा  विजुली सर्ट सर्केट भएर आगलागी भएको प्रहरीले जनाएको छ  । सडक सागुरो भएको र केवल, टेलिफोनलगायतको तारहरु तलसम्म झुण्डिएको कारण पनि दमकललाई आगलागी भएको ठाउँसम्म पुग्न सकस भएको थियो ।