धरान । कक्षा १२ को परिक्षामा २ पटक वोर्ड प्रथम भएको धरानकै एक मात्र धरान आदर्श बोर्डिङ माविमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुको रोजाईमा परेको छ । विद्यालयले पहिलो चरणमा गरेको प्रवेश परिक्षामा धरानकै सबै भन्दा धेरै विद्यार्थी सहभागी भएका छन् । धरान , धनकुटा सगै भोजपुर , तेह्रथुक पाचथर ताप्लेजुग संखुवासभा लगाएतका जिल्लाका एसइइ पास गरेका झण्डै ५ सय विद्यार्थी विहिकार प्रवेश परिक्षमा सहभागी भए । कलेजमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थपन, शिक्षा शास्त्र संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय,टुरिज्म एण्ड माउन्टेनियरिङ (Tourism and
Mountaineering) विषयहरु अध्ययन गर्न चाहाने ४ सय ८७ जना विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । धरानकै पुराना बोर्डिङको रुपमा रहेको यो विद्यालय हाल शिक्षा क्षेत्रमा विषेश दक्षता भएका धरानका प्राध्यपकहरुले सञ्चालन गरिरहेको छन् । 
‘‘उत्कृष्ट पठनपाठन र नतिजाः धरान आर्दश बो.मा.वि.को विशिष्टता’’ भन्ने नारा दिएर स्थापना भएको शैक्षिक धरान आदर्श बोर्डिङ मावि ले ११ बर्षको इतिहासमा २ पटक कक्षा १२ को बार्षिक परीक्षामा बोर्ड प्रथम भएको छ । यो उपलब्धी हासिल गर्ने धरानको यो एक मात्र शैक्षिक संस्था हो । विद्यार्थीहरुको क्षमता तथा मनोविज्ञान बुझेर लुकेको प्रतिभालाई प्रस्फुटन गराउने साथै शैक्षिक गतिविधिमा पनि अब्बल नतिजा ल्याउने गरेको छ । हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्दै आएको विद्यालयले २०७१ सालको वार्षिक परीक्षामा भेषराज राई विज्ञान संकायबाट वोर्डमा प्रथम हुन सफल भएका थिए । व्यवस्थापन संकायवाट मुना कोइराला २०७३ सालमा ८८ % नतिजासहित वोर्ड प्रथम भएकी थिइन् । धरानमा हालसम्म अन्य कुनै कलेजले यो शैक्षिक उपलब्धी तथा सफलता हासिल गरेको छैन । 
२०८० सालमा विज्ञान संकायका अभिजन पौडेलले अमेरिकाको Evansville यूनिभरसिटीमा २ करोड १० लाखको छात्रवृति पाएर इञ्जिनियरिङ्ग संकायमा अध्ययन गरिरहेका छन् । उनी उक्त यूनिभरसिटीमा पनि प्रथम भएका छन् । कलेजमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थपन, शिक्षा शास्त्र संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय , टुरिज्म एण्ड माउन्टेनियरिङ (त्यगचष्कm बलम ःयगलतबष्लभभचष्लन) विषयहरु अध्यापन भइरहेको कलेजका प्राचार्य लोकेन्द्र श्रेष्ठले जानकारी दिए । कलेजमा ख्यातिप्राप्त पि.एच.डि. गरेका प्राध्यापकहरुले अध्यापन गराउने भएकोले पढाईको गुणस्तरीयतामा कुनै शंका नरहेको कलेजकी अध्यक्ष सुनिता नेउपानेले बताइन् । ‘धरान आर्दश कलेज धरानमा सबैभन्दा बढी विद्यार्थीहरु उत्तिर्ण गराउने कलेज हो,’ उनले भनिन्,‘२०७९ सालको कक्षा १२ को बार्षिक परीक्षामा ३सय८३ विद्यार्थीहरु उत्तिर्ण भए ।’ कलेजमा विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बेग्ला बेग्लै भवनमा अध्यापन गराइने पनि उनले बताइन् ।कलेजले अब्बल तथा मेधावी विद्यार्थीहरुलाई विशेष छात्रवृतिको व्यवस्था रहेको पनि जनाएको छ । त्यसैगरि, खेलकुद, नृत्य, गायनको उत्कृष्ट विद्यार्थीहरुलाई पनि छात्रवृतिको व्यवस्था गरिएको छ । हिसान, एन प्याब्सन तथा राष्ट्रपति खेलकुद कार्यक्रममा आर्दश कलेजका विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेर पुरस्कार पनि जितेका छन् । यस वर्षको एईई सिङ्गिङ आइडल (क्भ्भ् कष्लनष्लन क्ष्मय ि) को प्रतिस्पर्धामा धरान आर्दशकी कुसुम (क्यामरीन) माझी प्रथम भइन् । ‘हामी विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउछौं, त्यसैले यो कलेज उत्कृष्ट छ, र विद्यार्थीहरुको पहिलो रोजाई बनेको छ,’प्राचार्य श्रेष्ठले भने ।









