धरान । गुणस्तरिय शिक्षा, राम्रो शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलापहरुलाई अब्बल मानिएको एम्स एकेडेमी प्रदेश १ का विद्यार्थीको रोजाईमा परेको छ । एम्सले कक्षा ११ को लागी विहिबार गरेको पहिलो प्रवेश परिक्षामा २ सय ५० विद्यार्थीले सहभागिता जनाए । एम्समा अध्ययन हुदै आएको विज्ञान संकायमा १सय जना र व्यवस्थापन संकायमा (होटल म्यानेजमेन्ट र कम्प्युटर म्यानेजमेन्ट सहित) १ सय ५० जनाले प्रवेश परिक्षा दिए । धरानको पुरानको कजेलको रुपमा परिचित एकेडेमीमा पहिलो चरणकै प्रवेश परिक्षामा उल्लेख्य विद्यार्थीहरुको सहभागिता रहेको क्पाम्पस प्रमुख सन्तोष कोइरालाले जानकारी दिए । शिक्षा सगै अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकतामा राखेर धरानका शैक्षिकसेवीहरुको लगानिमा एकेडेमी संचालन गरेको कारण विद्यार्थीहरुको रोजाई हुने गरेको प्रमुख कोइरालाको दावि छ । २०५७ सालमा धरान–१२ को चतरा लाइनमा स्थापना भएको एम्स् एकेडेमीले पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप पनि प्राथमिकतामा राखेको छ । बास्केटवल, फुटवललगायतका खेलकुद क्षेत्रमा यहाँका विद्यार्थीहरु अव्बल सावित हुदैं आएको एकेडेमीका विद्यार्थीहरुले कविता, हाजिरीजवाफ, वक्तृत्वकला, उद्घोषणजस्ता विषयहरुमा विभिन्न पुरस्कारहरु जितेर ल्याउने गरेको कलेजका संयोजक दुर्गा सुवेदीले वताए ।

राम्रो शैक्षिक वातावरण सगै सुविधा सम्पन्न भौतिक पूर्वाधारयुक्त तथा व्यवस्थित प्रयोगशाला रहेका वताउदै संयोजक सुवेदीले भने –पारिवारिक वातावतरण अध्ययन अध्यापन सगै हामीले भौतिक संरचना समेत थप्दै गएको छौ ।’ विज्ञान संकाय सगै होटल म्यानेजमेन्ट, र कम्प्युटर म्यानेजमेन्टका विद्यार्थीहरूका लागि सुविधा सम्पन्न र एसीयुक्त आधुनिक प्रयोगशालाहरू वताउदै प्रमुख कोइरालाले भने– होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई बारिस्टा, बेकरी, पुष्प सजावट, व्यक्तित्व विकास, वक्तृत्व कलाजस्ता विषयमा अतिरिक्त कक्षा र प्रशिक्षण पनि दिदैं आएका छौं ।’ व्यवाहारिक शिक्षा समेत कलेजले प्राथमिकतामा राखेको उनको भनाई छ । सुलभ शूल्कमा गुणस्तरिय शिक्षा दिदै आएको एकेडेमी अध्ययन अध्यापनमा मात्र नभई खेलकुदमा सुनसरी जिल्ला कै उत्कृष्ट मानिन्छ । सबै विषयमा शतप्रतिशत नतिजा निकाल्दै आएको कलेजले विपन्न नागरिकलाई विशेष छात्रवृद्धि दिदैं आएको छ भने राम्रो खेलकला भएका खेलाडीलगायतहरुलाई छात्रवृद्धि दिदैं आएको छ ।


