धरान ः प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नयाँ गठबन्धन वनेको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वताएका छन् । नेकपा एमाले सगको गठबन्धनमै रहेको अवस्थामा प्रधानमन्त्री दाहालले अर्का समिकरणको प्रयास गरेको कारण अहिलेको परिस्थिती आएको थापाको भनाई थियो । विराटनगरमा सञ्चारकर्मीसग कुुरा गर्दै महामन्त्री थापाले भने –अहिलेको परिस्थितीको कारण स्वयम प्रधानमन्त्रि नै हो उहाकै कारण यो अवस्था आएको हो ।’ नेपाली काँग्रेस इटहरीको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै थापाले सरकार अल्पमतमा परेको कारण प्रधानमन्त्री दाहाललाए तत्काल राजीनामा दिन सुझाए । उनले भने – अव प्रधानमन्त्रिले आलटाल नगरि राजिनामा दिएर मार्ग प्रशस्त गर्नु ।’ प्रधानमन्त्रिले राजिनामा दिए पछि मात्र कसको नेतृत्वको सरकारमा जाने पाटिमा छलफल हुने वताउनु भयो ।


