धरान ।  प्याव्सन दोस्रो पे्रसिडेण्ट रनिङ कपको उपाधि प्रभात इङ्लिस स्कुल धरान १२ले जितेको छ  ।   जित सगै प्रभातले नगद १५ हजार सहित ट्रफि मेडल र प्रमाण–पत्र पाएको छ । प्याव्सन धरान नगरको को आयोजनामा भएको  प्रतियोगितामा उपविजेता बनेको  होलील्याण्ड इन्टरनेशनल स्कुल धरान–१५ ले नगद १२ हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ  ।   प्रतियोगितामा तेस्रो हुने शिक्षा सन्देश वोडिङ स्कुलले नगद ९ हजार ट्रफि मेडल र प्रमाण पत्र हात प्राप्त गरेको छ । प्रतियोगितामा धरान प्याव्सन अन्र्गतका स्कुल मध्येबाट २० वटा स्कुल सहभागी भएका थिए । प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम वेघाले पुरस्कार प्रदान गरेका थिए ।कार्यक्रमको सभापतित्व प्याव्सन नगर अध्यक्ष राजकुमार लिम्वुलले गरेका थिए भने कार्यक्रमको संचालन सचिव रविन न्यौपाने गरेका थिए ।धरान–१७ स्थित एन्फा एकेडेमीको मैदानमा भएको सो खेलमा एन्फा सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।कार्यक्रममा प्याव्सन सुनसरी अध्यक्ष अनुप योञ्जन तामाङ,धरान फुटवल क्लवका अध्यक्ष प्रताप तामाङ, एन्फा सुनसरी अध्यक्ष नविन राई लगायतको उपस्थिति रहेको थियो ।