धरान २४ औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको उपाधिको लागी धरान १७ ले धरान १३ को सामना गर्ने भएको छ । उपाधिको लागी धरान १७ र १३ विच शनिबार धरान रंगाशालमा फाइनल खेल हुने छ । धरान रंगशालामा जारी प्रतियोगितको पहिलो सेमी फाइनल खेलमा धरान १३ ले धरान १८ लाई १का विरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलन यात्रा तय गरेको थियो भने धरान १७ले दोसा्रे सेमीफाइनलमा धरान १३ लार्र्ई ३–० गोल अन्तरले पराजित गर्र्देै उपाधि नजिक पुगेको हो । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा धरान–१७ का म्यान अफदि म्याच युनिश बुढाथोकीले खेलको ३५ मिनेटमा १ गोल गरे । धरान १७ का मिलन राईले खेलको दोस्रो हाफको ३८ मिनेट १ गोल गरे भने कृष्ण राईले दोस्रो हाफको ४५ मिनेटमा १ गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गुरे । राम्रो खेल प्रदर्शन गरेको भए पनि स्कोर निकाल्न नसक्दा धरान–१४ सेमी वाटै घर फर्कन बाध्य भयो । खेलको म्यान अफ द म्याच वडा १७ का युनिश बुढाथोकी घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २ हजार ५ सय रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे । गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान प्राप्त गर्ने छ्न ।


