धरान । कोशी प्रदेशको पर्यटन सगै उद्योगी तथा व्यवासयीहरुको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा ‘धरान एक्स्पो २०८०’ हुने भएको छ ।  धरान १६ स्थित रंंगशालामा फागुन ११ देखि २३ गते सम्म एक्सो  सञ्चालन हुने आयोजकले जनाएको छ ।

dharan expo logo एक्स्पोमा हस्ताकला, वैज्ञानिक कृषि पद्धछि, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने   मुख्य उद्देश्य रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए  । व्यवसायिक चेतना अभिवृद्धि, सूचना तथा प्रविधिसम्बन्धी जानकारी, आन्तरिक तथा वाह्य पर्यटकलाई लोपोन्मुख कला संस्कृति र धार्मिक स्थलको महिना जस्ता विषयमा समेत एक्स्पो केन्द्रित  हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक्स्पोमा विभिन्न प्रकारका १ सय ५० भन्दा बढी स्थल रहनेछन् । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सँस्कृति तथा पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयलगायतका सरकारी निकायहरुले  एक्स्पोको प्रवद्र्धन गर्ने छन् ।   धार्मिक तीर्थस्थल दन्काली, बुढासुब, पिण्डेश्वर, पञ्चकन्या, विष्णुपादुका, बराहक्षेत्र, औलिया बाबा मन्दिर लगायतको प्रचारप्रसार गदै यहाँ भएका पर्यटकीय स्थल श्रम सँस्कृति पार्क, विगतदेखि नै साहसिक खेलकुदको प्रवद्र्धनमा भूमिका खेल्दै आएको प्याग्लाइडिङ, ¥याफ्टिङ, जिपलाइन, स्काई साइकिलिङ, ह्याडिङ ब्रिजलगायतकाो विभिन्न टुर प्याकेजको व्यवस्था गरी पर्यटक   भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।