मारवाडी सेवा समिति धरान काे अध्यक्षमा पितरुमल अग्रवाल निर्वाचित भएका छन्।
समितिकाे विहिबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी राजेश अग्रवाललाई १सय ५ मतान्तरले पराजित गर्दै पितरूमल विजयी भएका हुन् । पितमरूल अग्रवालले ३सय ४३ मत पाएका थिए भने राजेश अग्रवालले २सय ३८मत ल्याएका थिए । निर्वाचनवाट सदस्यहरूमा सन्तोष अग्रवाल ,उमेश कुमार अग्रवाल,ललित अग्रवाल ( धरान - ९ ), विजय कुमार अग्रवाल ,प्रविण रतेरिया ,गिरिष अग्रवाल, जितेन्द्र चौरडिया, मुकेश अग्रवाल, ,सुनिल अग्रवाल ,रामस्वरुप शर्मा ,ललित कुमार अग्रवाल ( धरान - १),रमेशअटल,जिवनकुमारअग्रवाल, पवन कुमार अग्रवाल विजयी भएका छन् । कुल ८सय ८१ मतदाता रहेकेा सिमितिकाे ६सय ११ मत खसेका थियाे भने अध्यक्ष मा २७ मत र सदस्यमा ८५ मत वदर भएकाे थियाे ।


