हिसान एन्फा कप आयोजनको लागी हिसान र एन्फा बिच सम्झौता भएको छ । हिसान सुनसरी र एन्फा सुनसरी बिच आइतबार इटहरीमाहिसान एन्फा कप सुनसरी आयोजनका लागी सम्झौता भएको हो । माघ १४ गते देखी हुने प्रतियोगिताको आयोजना व्यवस्थापन एन्फा सुनसरीले गर्न छ भने प्रायोजन हिसान सुनसरीले गर्ने छ । हिसान सुनसरी अध्यक्ष सागर भट्टराई र एन्फा सुनसरी अध्यक्ष नविन राईले सम्झौतामा हस्ताक्षर गरेका थिए । एक दशक भन्दा लामो समयदेखी हिसानले गर्दै आएको हिसान कप रनिङशिल्ड फुटवल प्रतियोगिता यो वर्ष देखी एन्फाको सहकार्यमा हुन लागेको हो । हिसानमा आवद्ध उच्च विद्यालयहरुले सहभागिता जनाउने प्रतिगिताका सुरु चरणका खेलहरु एन्फा एकेडेमीको खेलमैदान धरान र इटहरी रंगशालमामा आयोजना हुने छन् ।


