धरान ः नियमित कार्यसगै समाजिककार्यमा   समेत काम गर्दै आएको  भारतीय दुतावासको पेन्सन वितरण कार्यालय धरानले पहिलो पटक पहिलो पटक महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निःशुल्क परिक्षण शिविर  गरेको छ ।  स्वाथ्य शिविर सगै कार्यालयले शनिबार तेस्रो वृहत रक्तदान कार्यक्रम समेत गरेको थियो । रक्तदान कार्यक्रममा कोशी प्रदेशकै सबै भन्दा धेरै  ३०४ पिन्ट रगत संकलन भएको थियो ।  गत बर्ष पनि उक्त कार्यालयले ३८३ पिन्ट रगत संकलन गरेर सुनसरी जिल्लाकै सर्वाधिक रगत संकलनकर्ता भएको थियो ।   संकलन गरिएको ३०४ पिन्ट रगत विराट मेडिकल कलेज टिचिङ हस्पिटललाई हस्तान्तरण गरिएको पनि पेन्सन वितरण कार्यालयले जानकारी दिएको छ ।  रक्तदान सगै े  भारतीय दुतावासको पेन्सन वितरण कार्यालय धरानले पहिलो पटक   आयोजना गरिएको निःशुल्क स्तन र पाठेकघर क्यान्सर परीक्षणको शिविरमा १सय९२ जना महिलाहरुले सेवा लिएका छन् ।

135

विराट मेडिकल कलेज टिचिङ हस्पिटलसँगको सहकार्यमा भएको शिविरमा  बिशेषज्ञ चिकित्सकहरुले परीक्षण गरेका थिए । सामाजिक उत्तरदायित्वलाई पनि वहन गर्दै तीन बर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको र यसपाली महिलाहरुको लागि निःशुल्क स्तन र पाठेघर क्यान्सरको पनि परीक्षण शिविर आयोजना गरिएको कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाले बताए । कार्यक्रममा धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघा, पुर्वसांसद मीना सुब्बा, ईलाका प्रशासन कार्यालय धरानका प्रमुख अनुप घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका डिआइजी किसोर श्रेष्ठ, ट्राफिक प्रहरी उपरीक्षक सरोज पौडेल, वीपी प्रतिष्ठानका डाक्टर राजिव मर्हजनलगायतको उपस्थिती रहेको थियो । 133

 भारतीय भूपूसैनिक तथा तिनका आश्रित परिवार, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, रोटरी क्लब, लाइन्स क्लब, महिला भुपु समिति, महिला सञ्जाल धरान, सत्य साई संस्था, ब्रह्मकुमारी संस्था, सुनसरी उद्योग वाणिज्य संघ नेपाल पत्रकार महासंघ सुनसरीलगायत विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको  कार्यक्रममा सुनसरी, मोरङ, धनुकटा, उदयपुर, झापा जिल्लाका भारतीय भूपू समितिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।पिपिओका प्रभारी अधिकारी कनोजियाले कार्यक्रममा सहभागिता जनाउने सम्पुर्ण भारतीय भुपु सैनिक, नेपाल सरकारका विभागीय कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सर्वसाधारणहरुलाई आभार प्रकट गर्दै आगामी बर्षको कार्यक्रममा पनि सहभागिता रहने आशा व्यक्त गरेका थिए ।