धरान । एक दशक पछि चर्चित बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबमा नेतृत्व परिवर्तन भएको छ । क्लबका संस्थापक अध्यक्ष किशोर राईले दास्रो पटक क्लवको नेतृत्व छोडेका हुन् ।  उनले छोडे सगै धरान फुटबल क्लबको नेतृत्वमा प्रताप तामाङले लिएका छन् । 

WhatsApp Image 2024-01-06 at 19.28 4

धरानका फुटबल खेलको विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएका किशोर राई क्लबको मानार्थ अध्यक्षको रुपमा रहने छन् । राई हाल कोशी प्रदेश संघको अध्यक्ष तथा अखिल नेपाल फुटवल क्लबको मानार्थ उपाध्यक्ष रहेका छन् ।      धरान फुटबल क्लबको शनिबार एन्फा टेक्निकल सेन्टरमा भएको छैठौ साधारणसभा तथा तेस्रो अधिवेशनले राईलाई विदाई गर्दै  प्रताप तामाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम बुढाथोकी, उपाध्यक्षमा नरेन्द्र चोङवाङ,र रोमी मोक्तान, महासचिवमा नविन राई, सचिवमा गोपाल कार्की लाई चयन गरेको छ । अधिवेशनवाट  कोषाध्यक्षमा धनबहादुर राई र सहकोषाध्यक्षमा प्रशिक्षक  सागर घिमिरे चयन भएका छन्  ।

417182426_7485153474831128_7472219147432261945_n

  क्लबको सदस्यहरुमा विद्या शाक्य, सारदा लिम्बु, हिमाल दाहाल, अर्जुन राई, हेमकुमार गुरुङ, सतिस केसी, रविन राई, इन्द्रबहादुर थापा मगर, अशोककुमार राई, विनय श्रेष्ठ, दर्शन बिष्ट, डिल्लीराम श्रेष्ठ र किरण शर्मा चयन भएका छन् ।  एन्फा प्रदेश समिति अध्यक्षसमेत रहेका राईले आफु क्लबको अध्यक्षतामा नभए पनि आफुलाई मानार्थ अध्यक्ष राख्ने निर्णय गरेकोमा कार्यसमितीलाई धन्यवाद दिए । २०५५ सालमा स्थापना भएको  क्लबको  ं साधारणसभाको उद्घाटन समारोह प्रमुख अतिथि  पुर्वउपप्रमुख एवं क्लबका संरक्षक मिनकुमार सुब्बाले धरानको मात्र नभई देशकै फुटबल खेलको विकासमा धरान फुटबल क्लबले महत्वपुर्ण भुमिका खेल्दै आएको वताए ।   उद्घाटन कार्यक्रममा कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष शिव न्यौपाने , एन्फा सुनसरी उपाध्यक्ष भेषराज कार्की लगाएतले वोलेका थिए ।