धरान । गाईघाट फुटबल क्लब उदयपुरले सुनसरीको धरानमा सम्पन्न प्रथम प्रेसिडेन्ट यु–१५ प्रतियोगिताको उपाधी उचालेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शुक्रबार सम्पन्न खेलमा अल स्टार फुटबल क्लब सुनसरीलाई ट्राईबरेकरमा ४गोलका विरुद्ध ५ गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै गाईघाट फुटबल क्लबले नगद ५० हजार संगै बिजेता ट्रफी प्राप्त गरेको छ भने उपबिजेता अल स्टार फुटबल क्लब सुनसरीले नगद २५ हजार सहित ट्रफी हात पारेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा  निर्धारीत समयमा दुवै  टिमबाट एक एक गोल बराबरीमा टुगिएपछि खेल ट्राइबरेमा गएको थियो । फाइनल खेलको म्यान अफ द म्याच अल स्टार फुटबल क्लब सुनसरीका जर्सी न ८ का बिबेक भुजेल भए भने खेलको उत्कृष्ट गोलकिपर गाईघाट फुटबल क्लब उदयपुरका जर्सि न ३० का रोहन बुर्जामगर घोषित भए उनीहरुले जनहरु नगद २ हजार नगद हात पारे । 

ययसैगरी  उत्कृष्ट मिड् फिल्डरको उपाधी रास्ट्ररीय जागृति क्लब सुनसरीका जर्सी न ७ का एलन जिमीले ,उत्कृष्ट डिफेन्स अल स्टारका जर्सी न ४ का करुण थापा, बेस्ट स्टाईगर न्यु स्टार क्लब सुनसरीका जर्सी न ९९ सुमन चौधरी घोषित भए ।यस्तै प्रतियोगिताकको सर्बोत्कृस्ट खेलाडी गाईघाट फुटबल क्लब उदयपुरका जर्सी अरुण अधिकारी नै घोषित भए उनले नगद ५ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।  प्रतियोगितामा कोशी प्रदेशक भरिका १० टिमले सहभागिता जनाएका थिए ।