धरान । नेपालिहरूका विभिन्न चाड पर्व काे अवशरमा धरानका मदिरा व्यवसायीहरूले शुभकामना आदनप्रदान कार्यक्रम गरेका छन् ।

व्यसायीहरूले धरान मदिरा व्यवसायी संघकाे आयाेजनामा विजयादशमी दिपावलि नेपाल सम्वत र छठ पर्वकाे अवशरमा साेमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन ।

धरान १६ स्थित गुरूङ बीबी क्युमा आयाेजित कार्यक्रमकाे प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघ काेशी प्रदेश अध्यक्ष नवीन तामाङ रहेका थिए । धरानमा रहेका मदिरा व्यवसायी तथा वितरक र विभिन्न कम्पनिका मार्केटिङ प्रतिनिधिहरूकाे उपस्थित रहेकाे कार्यक्रमकाे सभापति संघ धरान अध्यक्ष लिलकुमार माझी रहेका थिए ।
संघका उपाध्यक्ष प्रदिप कुमार श्रेष्ठले स्वागत गरेकाे कार्यक्रममा वितरक संघका अध्यक्ष युगल श्रेष्ठ , संघ पुर्व सल्लाहकार मनाेज श्रेष्ठ , संघका सल्लाहकार विजय मानन्धर र सुनिल श्रेष्ठ मानन्धर सेवा समाजका अध्यक्ष विश्वरत्न मानन्धर लगाएतकाे उपस्थिती रहेकाे थियाे । 

कार्यक्रम मा संघ पुर्व सल्लाहकार मनाेेज श्रेष्ठल, सल्लाहकार विजय मानन्धर तथा महासंघका काेशि प्रदेश अध्यक्ष नवीन तामाङ लगाएतले वाेलेका थिए ।


