धरानःअपराधिक घटनाहरु हुन नदिई भयरहित वातावरणमा चाडपर्व मनाउने अवस्था सृर्जना गर्न सुनसरी प्रहरीले बिशेष सुरक्षा योजना  लागु गरेको छ ।   जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दशैं, तिहार र छठ पर्व लक्षित गरेर तयार गरेको सुरक्षा योजना लागु गरेको हो । बिशेष सुरक्षा योजना अन्तर्गत १ हजार १ सय प्रहरी परिचालन गरिएको वताउदै जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नविन कृष्ण भण्डारीले सुचना संकलन, गाडी मोवाइल, मोटरसाइकलमा क्विक रेस्पोन्स टिम, पैदल गस्ती, पिकेट, भिगरस, एम्बुस र आवश्यक स्थानहरुमा चेकजाँच कार्य शुरु भइसकेको  जानकारी दिए ।  'सुचना संकलन, गाडी मोबाईल, मो.सा. मा QRT, पैदल गस्ती,  पिकेट,  भिगरस, एम्बसु एवं  आवश्यक  स्थानमा चेक जाँचकाे व्यवस्था  मिलाई उक्त  कार्य सुरू गरिसकेका छाै ’   उनले भने, चाडपर्वलाई शान्तिपुर्ण र मर्यादित बनाउने प्रहरीको अभियानमा आम जिल्लाबासीको साथ र सहयोगको अपेक्षा पनि गर्दछौं ।’