धरान ः नेपाल प्रहरी श्रीमति संघले धरान १६ स्थित भगवती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकि अध्यक्ष अजिता देवकोटा वास्तोलाको उपस्थितिमा ६८ औ प्रहरी दिवसको पूर्व सन्ध्यामा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एउटा व्याग, तीनवटा कपी, एक प्याकेट प्यानसिल वितरण गरेको हो । प्रहरी संगठनको स्थापना २०१२ असोज ३१ गते भएको हो । संगठनको स्थापना भएकै दिन प्रहरी दिवसको रुपमा मनाउने गरिएको छ ।

सामाजिक कार्यमा सक्रिय यो संघले स्थापनाकालदेखि नै सहारा विहीन, अशक्त, ज्येष्ठ नागरिक र निम्न आए भएका विद्यार्थीहरुलाई विभिन्न सहयोग पुर्याउदै आएको छ । सामाजिक कार्यमा सक्रिय संघले यस अघि मोरङका विभिन्न विद्यालय, सुनसरीको चतरा स्टेशनरी सामानहरु वितरण गरेको संघकी अध्यक्ष अजिता देवकोटा वास्तोलाले जानकारी दिनुभयो । निम्न आय भएका विद्यार्थीहरु जसलाई अभिभावकले व्याक, कपि, पेन्सिल जस्ता स्टेशनरी सामान खरिद गर्न नसक्ने अवस्थाका छन् उनीहरुलई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले भगवती माविका विद्यार्थीहरुलाई सहयोग गरिएको अध्यक्ष वास्तोलाले बताउनुभयो । 

संघले कोशी प्रदेशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर,अस्पतालमा फलफुल वितरण केही महिना अगाडि धरान वडा १७ का विपन्न परिवारलाई डेङ्गु संक्रमित मच्छरबा जोगिन झुल र मच्छर धुप वितरण गर्नुको साथै विभिन्न जनचेतामूलक कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम लगायतका कार्यक्रम गर्दै आएको उहाँले बताउनु भयो । नेपाल प्रहरी सेवामा कार्यरत प्रहरिहरु देश जनताको सुरक्षाको निमित अहोरात्र खटिरहने भए पनि परिवारले मुलुकमा आइपरेको विपत्तिका समयमा, निम्न आय भएका परिवारको विद्यार्थीहरुलाई निरन्तर सहयोग गर्दै आएको नेपाल प्रहरी श्रीमति सघको सामाजिक कार्यको प्रशंसा धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले गर्नु भएको थियो । 

कार्यक्रममा भगवती आधारभुत विधालय सँचालनमा धेरै लामो समयदेखि विशेष सहयोग पु्याउदै आऊनु भएकि समाजसेवीका मिना पुलामीले नेपाल प्रहरी श्रीमती संघको समाज परिवारलाई धन्यवाद दिनु भयो ।सोही कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल नेपाल , नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी सचिव सृजना दाहाल (नेपाल) , सह- सचिव सीता दाहाल, सदस्य निशा मेहता र ईलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी नवराज मल्ल लगायतको उपस्थिति रहेको थियो ।


