धरान: भोजपुरको आमाचोकका वडा अध्यक्ष सहित ११ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।  भोजपुरको आमचोक गाउपालिका वडा नम्बर ६ का बम बहादुर बस्नेत सहित ११ जनालाई प्रहरीले धरान वाट  पक्राउ गरेको हो ।  धरान १० स्थित विजयपुर अस्पताल अगाडी रहेको सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा  उनिहरुलाई धरान प्रहरीले पक्राउ गरेको । जुवाखालवाट पक्राउ परेका वस्नेत  नेकपा माओवादी केन्द्रवाट निर्वाचित वडा अध्यक्ष हुन् ।  वडा अध्यक्ष सहित पक्राउ पर्ने हरुमा  भोजपुरको  लक्ष्मी मा.बि. पाङ्चा का शिक्षक  अशोक राई , आमचौककै   राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ ,भरत थापा,   जस बहादुर राई,  कुमार राई, सागर  राई,  कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७ हजार ६ सय ४० रुपैयाँ र   ताससहित पक्राउ गरेको हो । उनिहरुलाई   मुलुकी अपराध संहिताको २०७४ को जुवा सम्वन्धि कसुरमा   कारबाही अगाडी बढाइएको छ ।   

तस्विर ः साङ्केतिक