धरान । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धब थापाले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आइबार तीन मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रि थापमाले नेपाली काङ्ग्रेस रामकुमार खत्री तथा ओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्कीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । माओवादीको आन्तरिक विवादका कारण मन्त्रि नाम पठाउन नसक्दा यस अघि थापा सगै कागे्रेसका १ र एकिकृत समाजवादीको १ जनाले पद तथा गोपनियताको शपथ लिएका थिए । उनीहरूमध्ये प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाई आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ । अन्य मन्त्रीको भने जिम्मेवारी तोकिएको छैन । बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेसका प्रदिप सुनुवार र एकीकृत समाजवादीका कमल जबेगुलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।


