धरान । नेपाली काग्रेस कोशी प्रदेश संसदीयदलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ती असंवैधानिक भन्दै त्यसलाई खारेज गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्रि हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा हालेको रिटको आइबार सुनुवाई हुदै छ ।
काग्रेस नेता थापालाई असवैधानिक रुपमा मुख्यमन्त्रि नियुक्ती गरेको भन्दैै उनको नियुक्ति खारेज परि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच अदालतमा रिट हालेका थिए । कोशी प्रदेश सरकार गठनको बिषयमा परेको रिट सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको छ । कोशीमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो ।
रिटमा एमालेको तर्फबाट बरिष्ठ अधिवत्ता शम्भू थापा, डा.भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, डा.सूर्य भण्डारी र बाबुराम दाहालले बहस गर्न भएका छन् । रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ ।


