धरान ।
विद्यार्थीका लागि पढ्दै कमाउदै शिक्षा अभियान अन्तर्गत   युएन नबोदय कलेज धरानले धरानले ` यु एन बेकरी एण्ड क्याफे´ सन्चालन गर्ने भएको छ ।  
कलेजका विद्यार्थीहरुलाई आर्थिक उपार्जन गरि आत्मानिर्भर बनाउनका लागि "पढ्दै कमाउदै शिक्षा " अन्तर्गत क्याफे सन्चालनको तयारीमा रहेको  युएन नबोदय कलेज प्रमुख डम्बरकुमार तुम्बापोले बताए  ।
शनिबार  आयोजित पत्रकार सम्मेलनमा कलेजको आफ्नै जनशक्ति र ब्राण्ड प्रयोग गरेर क्याफे सन्चालनमा ल्याउन्र तयारी रहेको जानकारी दिएको छ ।
क्याफेले  धरानको  कोशेलिको स्पेसल ब्रान्ड "धराने मिठाई" उत्पादन गर्ने क्याम्पस प्रमुख तुम्बापोले बताए ।
कलेजले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुको सीप वृत्ति बिकास गर्दै स्वरोजगारी बनाउन  क्याफे सञ्चालन गर्ने योजनामा रहेको तुम्बापोले बताए  ।
क्याफे १ करोड्को लगानीमा  भदौको पहिलो हप्ता देखि  धरान १६ स्थित विद्युत प्राधिकरण छेउमा सञ्चालन गर्ने तुम्बाफेले बताए । उनले भने आफनै जनशक्तिमा उत्पादित सामानहरु
अस्वस्थ्य प्रतिस्पर्धाका बिच  स्वास्थ प्रतिस्पर्था गरेर आफ्नो ब्रान्ड  स्थापित गर्ने योजना रहेको छ  ।
कलेजका अध्यक्ष ज्ञानेश्वोर झाले  अभिभावक तथा सर्बसाधारण मानिसलाईपनि मासिक तथा त्रैमासिक रुपमा बारिस्टा,बेकरी,पास्ट्री,जस्ता तालिम सञ्चालन गर्ने  ले जानकारी दिए ।
क्याफेले उत्पादन गरेको सम्पुर्ण सामान  बजारमुल्य भन्दा सुपथमुल्यमा बिक्री बितरण गर्दै फ्री डेलिभरीको  ब्यबस्था गर्ने अध्यक्ष झाले बताए ।