धरान / चार महिना देखी उपकुलपति विहिन बनेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायम मुकायम उपकुलतिमा प्रोफेसर डाक्टर प्रल्हाद कार्की नियुक्त भएका छन् ।
प्रतिष्ठानका पुर्व अस्पताल निर्देशक कार्कीलाई सरकारले आइबार कामुउपकुपति नियुक्त गरेको हो । उपकुलपतिले गर्ने सम्पुर्ण आर्थिक तथा प्रशासननिक काम कारबाही गर्ने गरि कार्कीलाई प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कामुउपकुलपतिको जिम्मेवारी दिएका हुन् । स्थापनाकाल देखी प्रतिष्ठानका कार्यरत कार्कीलाई अर्काे ब्यवस्था नभए सम्मको लागी कामुउपकुलपतिको जिम्वेवारी दिएको मन्त्रालयले जनाएको छ । प्रतिष्ठानलाई राम्रो सग बुझेका, कुशल प्रशासकको छवि भएका कार्की प्रतिष्ठानको पहिलो चिकित्सकको रुपमा सन् १९९३ फेब्रुअरी २५ तारिखमा नियुक्त भई निररन्तर सेवा गर्दै आएका छन् । १५ बर्ष भन्दा लामो सयम मेडिसिन विभागको विभागिय प्रमुख को भुमिका कुशलतापुर्वक सम्हालेका कार्की ४ बर्ष देखी काडियोजोली विभागको विभागिय प्रमुखको रुपमा काम गर्दै आएका छन् । कुशल तथा इमान्दार चिकित्सकको परिचय बनाएका कार्की यस अघि प्रतिष्ठानको सिनेट सदस्य र कार्यकारीणी समिति सदस्यको जिम्बवारी समेत पुरा गरिसकेका छन् । प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले प्रोफेसर पदको दुरुपयोग गरेको अभियोगमा गत माघ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरे सगै उनि निलम्बनमा छन् । उनको निलम्बन पछि प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सञ्जिब शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।


