धरान  I पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभावहुन नदिन   धरानमा रक्तदान कार्यक्रम  गरिएको छ ।

नेपाल बजार  बिक्री  प्रतिनिधि संघ र धरान वितरक संघले सोमबार धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । 

लोकतान्त्रिक चौकको  भएको कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको  नेपाल बजार  बिक्री  प्रतिनिधि संघ धरानका अध्यक्ष पबन श्रेष्ठले जानकारी दिए । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बजार  बिक्री  प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष नरेन्द्र विष्ट रहेका थिए । 

341472402_187283220855748_8323081348547205552_n

संघले आफ्ना सदस्यहरुको हकहित सगै स्थापनादेखीनै सामाजिक काम गर्दै आएको धरान अध्यक्ष श्रेष्ठले वताए ।

341547416_179476731249188_4216003883928329093_n