धरान । धरानको माछाभौडीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । 

होली खेल्ने क्रममा दिप्सन परियारलाई सन्देश मगर र रोशन तामाङले खुकुरी प्रहार गरेको आरोपमा तामाङ र मगरलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । 

पीडित र पिडक पक्ष दुबै जना मादकपदार्थ सेवन गरी झगडा गरेको प्रहरीको भनाई छ । घाइते परियारको  हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सीमा उपचार भइरहेको प्रहरीले बताएको छ।