बिराटनगर l  “४० औं आइजीपी कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९“ का विजेता खेलाडीहरुलाई १ नम्बर  प्रदेश प्रहरी कार्यलय विराटनगरले सम्मान गरेको छ ।   

IMG_6026

 प्रतियोगिताका विजेता खेलाडीहरुलाई   १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले  बधाई ज्ञापन गर्दै सम्मान  गरेका हुन्  ।    प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा  आइतबार आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख ज्ञवालीले खेलमा सहभागी भई प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीहरुलाई    खादा ओढाई सम्मान गर्नुका साथै बधाई ज्ञापन गरेका थिए ।   

                        IMG_6039 1

कार्यक्रममा समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  गत माघ २० गतेबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौँमा सन्चालित “४० औं  आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९“ मा  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको  फुटबल टोलीले उपाधि हात पारेको थियो ।    उपाधि सगै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले  नगद १ लाख १ हजार हात पारेको थियो ।