इसान काफ्ले धरान l कोभिडको कारण दुई बर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ट गोल्डकपको २३ औं सँस्करण हुने भएको छ । २२ औ संस्करण सम्पन्न पछि कोभिड महामारीको कारण भएको आर्थिक संकटको कारण हुन नसकेको गोल्डकपको २३ औ संस्करण फागुन १३ गतेदेखि धरान रंगशालामा हुने भएको हो ।
२०७७ र २०७८ सालमा भने कोरोना महामारी र आर्थिक संकटले गर्दा क्रमशः २३ औं र २४ औं सँस्करण आयोजना हुन सकेको थिएन । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुने जनाएको छ ।
गोल्डकप सञ्चालन गर्न आर्थिक संकटको कारण गर्न नसकिएको क्लबका अध्यक्ष किशोर राईले वताए । उनले आर्थिक अभावको कारण २२ औ संस्करणका विजेता तथा उप विजेता को पृुरस्कार समेत केही दिन अगाडी मात्र दिएको वताए । धरानको फूटबलको जग बसाउने मात्र हैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने क्लबलाई अहिले पनि आर्थिक सहयोग जुटाएर प्रतियोगिता आयोजना गर्ने बाध्य भएको उनको भनाई थियो । खेलसम्बन्धी स्पष्ट नीति बनाएर तीनै तहका सरकारले दिगो आयस्रोतको माध्यम बनाउदै व्यवसायिक खेलाडी उत्पादनमा जोड दिनुपर्ने अखिल नेपाल फुटबल संघ –एन्फा केन्द्रिय मानार्थ उपाध्यक्ष तथा प्रदेश १ अध्यक्ष समेत रहेका राईले वताए । उनले २३ औ संस्करया भने भव्यरुपमा आयोजना गर्ने वताउदै यो संस्करण भने मुनाफा हुने दावि गरे । प्रदेश १ कै प्रतिष्ठित गोल्डकपको रुपमा रहेको बुढासुब्बा गोल्डकपको यो संस्करण भने नेपालका ए डिभिजन क्लब मध्ये वाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाएने भएको छ । प्रतियोगितामा पुलिस सगै आयोजक ,दुई विदेशी टिम एभेनियर एफसि क्यामरुन, केबिपिएस वंगलादेश, सगै बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङको सहभागिता रहने छ ।

धरानको बुढासुब्बा गोल्डकपको साख सबैतिर थियो,राष्ट्रिय सँगै अन्तर्राष्ट्रिय स्तरका खेलाडी प्रतियोगितामा आउँथे, क्लवका महासचिव प्रताप तामाङले भने– तर अहिले सबै तिर गोल्डकप हुन्छ तिनै क्लव र खेलाडी हुने भएको कारण बुढासुब्बामा यस पटक भने मोफसलका क्लव र विदेशी टिमहरुलाई सहभागिता गराएको हौ । क्लव मोफसलका भए पनि खेलाडी भने राष्ट्रिय लिग खेल्ने नै हुने तथा विदेशी टिम पनि राम्रा भएकोले दर्शक आउने विश्वास गरे । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । विगतमा भने मोटरसाइकल दिदै आएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यो पटक भने नगद १ लाख दिइने क्लवका कोशाध्यक्ष घनश्याम बुढाथोकीले वताए । प्रतियोगितामा व्यक्तिगत तर्फ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार पाउने कोशाध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ट्रफि सहति ३५ हजार पुरस्कार वताए । स्थानीय सरकार धरान उपमहानगरपालिका, प्रदेश सरकार, प्रदेश खेलकुल विकास बोर्ड , राष्ट्रिय खेलकुद परिषद लगायत विभिन्न दाताबाट १ करोड ९ लाख ५० हजार आम्दानि गर्ने लक्ष्य राखिएको वताउदै कोशाध्यक्ष घनश्याम बुढाथोकीले प्रतियोगिताको खर्च ८५ लाख ५ हजार खर्च हुने अनुमान गरिएको जानकारी दिए ।



