१ जनाको अवस्था चिन्ताजनक
धरान
धरानमा अज्ञात समुहको आक्रमण वाट ३ जना घाइते भएका छन् । आक्रमणमा परि धरान १९ वस्दै आएका एन्सन लिम्बु , धरान १२ का माइक राई र धरान १५ का मौसम लिम्बु रहेका छन् । घाइते मध्ये एन्सन लिम्बुृको अवस्था चिन्ताजनक रहेको छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेका धरान प्रहरीले जनाएको छ । अन्य दुइजनाको भने सामान्य उपचार पछि प्रतिष्ठानवाटै डिस्चार्ज भई घर फर्केका छन् । शुक्रबार राती ९ वजे धरान १२ स्थित पानि ट्याङ्की तथा धरान १६ गणेशमान चौकको बिचमा रहको हवनव क्याफे वसिरहेको अवस्थामा चार जनाको समुहले आएर उनिहरु माथि अन्धाधुन्द खुकुरी प्रहार गरि सिटीसफारीमा भागेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरु फरार रहेको उनिहरुको खोजी भइरहेका इलाका प्रहरी कार्यलय धरानमा प्रहरी नायव उपरिक्षक नवराज मल्लले वताए । उनले आक्रमणकारीहरुको पहिचान भइसकेको र चाडै प्रक्राउ पर्ने दावि गरे ।


