धनकुटा,   

लागुऔषध गाँजा पिकअप राखेर धनकुटाको हिले तर्फ जादै गरेको   पिकअप सहित कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । धनकुटाको सहिदभूमि गाँउपालिका–४ हिले– छिन्ताङ सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई धनकुटा प्रहरीले पक्राउ गरेको  हो  । 

1 (1)

इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम  १५ बोरा गाँजा बरामद गरेको  प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ  ।   गाडी प्रहरीले  रोक्न खोज्दा नरोकी केही पर गाडी छाडी  चालक सहिदभूमी गाँउपालिका  ४ का ३१ बर्षीय किरण राई  फरार भएका थिए । गाडीबाट लागुऔषध गाँजा बरामद भए पश्चात फरार रहेका चालकको खोजतलास तथा अनुसन्धानको क्रममा   सुनसरीको इटहरी २ स्थितमा लुकिछिपी बसेको अवस्थामा चालक  राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई  सम्मानित धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।