मुक्साहाङ मेयाङ्वोको अग्रता कायमै , दास्रो स्थानमा जसपाका अशोक राई
धरान ६ मंसिर
सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेयाङ्वोले अग्रता बढाउदै लगेका छन् । सुनसरीको १ को ८४३६ मतगणनाको मत परिणाम आउदा मुक्साहाङले ३ सय ३० को अग्रता पुर्याएका छन् ।
मुक्साहाङवो ले १८९८ मत ल्याउदा एमाले जसपमा का संयुक्त उमेद्वार अशोक राइले १५६८ मत का साथ पछ्याइरहेका छन् । सुरुवात अग्रता लिइएका राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङ १५०० सय मतका साथ तेस्रो हुदा एमाले वाट विद्रह गरि स्वतन्त्र उठेका मनोज कुमार मेयाङवो १२०२ मत का साथ चौथो स्थानमा रहेका छन् ।


