धरान शहरमात्र छैन । सुन्दर धरानको ठूलो भूभागमा अझै पनि विकास पुग्न सकेको छैन ।  'ग्रामीण धरान'का वासिन्दाले भौतिक पूर्वाधार निर्माणका अपेक्षालाई पूरा गर्ने उम्मेदवारलाई मात्रै यो निर्वाचनमा मतदान गर्ने बताएका छन् ।


313406509_661709982257434_7541638320310374234_n

'उम्मेदवारहरुलाई जिताएर पठायौं, उहाँहरुले काम पनि गर्नुभएको छ तर हामीले चाहेको विकास भने अझै पूरा हुन सकेको छैन,'  धरान २० विष्णुपादुकाका युवा जीवन राईले भने, 'यो निर्वाचनमा पनि विष्णुपादुका वासीले विवेकपूर्ण हिसाबले आफ्ना प्रतिनिधि नछान्ने हो भने, हाम्रो विकासको सपना कयौं वर्ष पछाडि धकेलिनेछ, तसर्थ केन्द्रीय पहुँच भएका राष्ट्रिय नेता छान्नु हाम्रो आवश्यकता हो ।'


युवा जीवन राईजस्तै विष्णुपादुकावासीले सक्षम उम्मेदवारका रुपमा अशोक राईलाई प्राप्त गरेको प्रतिक्रिया दिएका छन् । मनमोहन अधिकारीपछि ठूला राष्ट्रिय नेताका रुपमा अशोक राईलाई पाएकामा उनीहरुले खुसी व्यक्त गरेका छन् ।

20221111_150243


'विष्णुपादुकाको दु:ख, सुख बुझेका नेता हुनुहुन्छ, अशोक राई', स्थानीय युवा चक्र राईले भने,'भूमिगत जीवनका धेरै समय अशोक राईले यो क्षेत्रमा पनि व्यतित गर्नुभएको छ, यस अर्थमा पनि उहाँलाई हाम्रो सदासहायता सँगै मतदान पनि हुनेछ ।'

एकजना साम्सदमात्र छान्ने मुडमा छैनन्, विष्णुपादुकाका स्थानीय । उनीहरुले सडकको सहज पहुँचलाई स्थापित गर्न सक्ने, धार्मिक क्षेत्रका रुपमा विष्णुपादुकालाई विकास गर्न सक्ने, स्थानीय कृषि उपजको व्यावसायीकरण गर्न सक्ने, स्वरोजगार प्रवर्द्धन गर्न सक्ने, स्थानीय उत्पादनलाई राष्ट्रियकरण गर्न सक्ने सक्षम नेता चुन्नु यस भेगका वासिन्दाको बाध्यता र आवश्यकता दुबै हो । विष्णुपादुका वासीले यो निर्वाचनले राष्ट्रिय नेता प्रदान गरोस् भन्ने अपेक्षा लिएका छन् । 

20221111_150047


सुनसरी १ मा उपलब्ध उम्मेदवार मध्ये योग्य, शालीन र राष्ट्रियस्तरमा पहुँच भएका नेताका रुपमा हामीले अशोक राईलाई पाएका छौं, यसपाली हामीले प्रतिनिधि सभामा छाता चिह्नमा मतदान गर्छौं र अशोक राईलाई जिताउछौ ।' स्थानीय युवा सम्झना राईले भनिन् ।

अशोक राईलाई प्रतिनिधि छान्दा मन्त्री हुने र आफ्नो क्षेत्रको विकासमा विशेष ध्यान दिने विष्णुपादुकावासीको अपेक्षा रहेको छ ।


चिप्लो कुरा गर्दैनौ, पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौ, कृषि र उत्पादनलाई विकाससँग जोड्छौ - विजयकुमार राई

सुनसरी क्षेत्र न १ प्रदेश सभा 'ख' बाट प्रत्यक्ष उम्मेदवारी दिएका सूर्यध्वजावाहक युवा नेता विजयकुमार राईले विष्णुपादुका लगायतका पहाडी क्षेत्रलाई भौतिक पूर्वाधारले जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले आफूलाई चिप्लो कुरा गर्न नआउने बताउँदै आफ्नो विजयपश्चात पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवार राईले विष्णुपादुकाको  कृषि उत्पादनलाई विकाससँग जोड्ने वचनवद्धता व्यक्त गरे ।

'चुनावको समय छ, धेरै उम्मेदवार यसो गर्छौ, उसो गर्छौं भन्दै आउँछन् होला, तर मलाई चिप्लो कुरा गर्न आउँदैन, मेरो सबैभन्दा पहिलो प्राथमिकता विष्णुपादुकालाई पूर्वाधार विकासयुक्त बनाउने र कृषि उत्पादनलाई स्वरोजगारसँग जोड्ने लक्ष्य छ,' उम्मेदवार राईले भने,'तपाईहरुले निर्वाचित गरेर पठाउनुस्, तपाइँको मतको अवमूल्यन हुन दिने छैन, प्रतिबद्धताबाट पन्छिने छैन ।'

विष्णुपादुका हावापानी सौन्दर्यता राम्रो रहेको तर पूर्वाधार विकासका दृष्टिले पछि परेकाले यो क्षेत्रलाई पूर्वाधार विकासले जोड्नमात्र सके यहाँको पर्यटनको विकास हुन सक्ने बताए । उम्मेदवार राईले नीति निर्माणसँगै निर्वाचन क्षेत्रलाई विकाससँग जोड्ने बताए ।