काठमाण्डौं स्थित राष्ट्रिय खेलकुद परिषद्को कवड हलमा जारी काभा महिला भलिबलको उपाधिको लागी आज नेपाल र भारत बिच प्रतिश्पर्धा हुँदैछ। नेपाली समय अनुसार खेल पाँच बजेबाट सुरु भएको खेलमा नेपालले पहिलो अग्रता लिएको छ।
भारतलाई पहिलो सेटमा २५-२३ को अंक सहित हराएर नेपालले अग्रता कायम गरेको हो।
साथै आजै तेस्रो स्थानको लागी भएको खेलमा इरानले ३-० को सोझो सेटमा श्रीलंकालाई हराएको थियो।


