काठमाण्डौं- काठमाण्डौं स्थित राष्ट्रिय खेलकुद परिषद्को कवड हलमा जारी काभा महिला भलिबलको उपाधिको लागी आज नेपाल र भारत बिच प्रतिश्पर्धा हुँदैछ। नेपाली समय अनुसार खेल पाँच बजेबाट सुरु हुनेछ।
हिजो भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। त्यस्तै अर्को फाइनलिष्ट भारतले श्रीलंकालाई पनि ३-० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो। यस अघि यसै संस्करणमा लिग चरणको खेलमा भारतलाई पराजित गर्दै नेपाली महिला भलिबल टोलीले इतिहास समेत रचेका थियो भने पुनः फाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ।
साथै आजै तेस्रो स्थानको लागी समेत नेपाली समय अनुसार दिउँसो २ बजे इरान र श्रीलंका बिच खेल हुँदैछ।


