तेह्रथुम : गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर दिने उद्देश्यका साथ संचालन गरिएको पुर्वी स्टार गायन प्रतियोगिताको पहिलो अडिसन बाट दोस्रो राउण्डका लागी ७० जना छानिएका छन् । २८ जना महिला सहित १ सय १३ जनाले आवेदन दिएको प्रतियोगितामा ट्राक राउण्डका लागि ७० प्रतियोगी छानिएको पूर्वी स्टारका प्रबन्ध निर्देशक टिआर सेनेहाङले जानकारी दिनुभयो । हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना हुन गईरहेको यस गायन प्रतियोगिताको पहिलो अडिसन बाट छनौट भएका प्रतियोगीहरुले पौष २४ गतेसम्ममा ट्राक सहितको गित गाएर भिडियो वाट्स्एपमा पठाउनुपर्ने पूर्वी स्टारका कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार २ पटकको ट्राक राउण्ड पार गर्ने प्रतियोगीहरु लाईभ राउण्डका लागी धरान आउनुपर्ने छ । पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्री, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । दोश्रो हुनेले नगद एक लाख १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो बिजेताले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । तेस्रो चरण देखि प्रत्येक राउण्डका उत्कृष्टले एक थान गिटार प्राप्त गर्ने आयोजकले जनाएको छ ।