धरान । धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन । करिव दूइ करोडको लगानीमा सुब्बार्ले "देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् ।
माछाफार्र्म सहित सञ्चालनमा आएको होटलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन । खोलाको वगरमा रमाउन चाहाने हरुका लागी क्यापिङको व्यवस्था समेत होटलमा रहेको छ । स्वादिष्ट खाना सगै रमणिय दृश्यावलोकन गर्न सकिने तथा होटलमा रात्री वस्नको लागी टेण्डको व्यवस्था गरिएको छ ।
होटलमा वनभोज सगै विभिन्न पाटि को लागी समेत गर्न मिल्ने व्यवस्था रहेको छ । होटलमा आफै फिसिङ सगै क्याप फयार समेत गर्न पाईने सञ्चालिका सुव्बाले वताईन । होटल सञ्चालनमा आए सगै सो क्षेत्रमा पर्यटकहरुको आगमन समेत बढ्नुका साथै अर्थतन्त्र चलायामान हुुने युवा नेता रवि राईले वताए । साथै उनले सो क्षेत्रमा उत्पादन हुने अर्गानिक साग सब्जीको बजार समेत विस्तार हुने वताए ।